बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा अल्टिटुड वोल्ड सुपरमोडल नेपाल २०२१ कार्यक्रमको फाईनल प्रतियोगिता सि.यस.टि होटल एण्ड पार्टी प्यालेस, नेपालगंजमा सम्पन्न भएको छ ।
प्रतियोगिताबाट अल्टिटुड वोल्ड सुपरमोडल नेपाल ग्रेण्ड विजेता जस्मिन खाँन, अल्टिटुड वोल्ड सुपरमोडल ईन्टरनेशनल नेपाल २०२१ दर्शन क्षेत्री, अल्टिटुड वोल्ड सुपरमोडल एशिया इन्टरनेशनल नेपाल २०२१ एलिना न्यौपाने, अल्टिटुड वोल्ड सुपरमोडल एशिया प्यासिफिक इन्टरनेशनल एलिना थापा क्षेत्री, अल्टिटुड वोल्ड सुपरमोडल रनवे नेपाल २०२१ सागर बोहोरा, भ्युयर च्वाईस एलिना थापा क्षेत्री, अल्टिटुड वोल्ड सुपरमोडल एम्बेस्सडर नेपाल २०२१ सपना मल्ल ठकुरी, अल्टिटुड वोल्ड सुपरमोडल टिन नेपाल २०२१ हन्नह नेपानी, अल्टिटुड वोल्ड सुपरमोडल कल्चर नेपाल २०२१ सोनिया थापा मगर, अल्टिटुड वोल्ड सुपरमोडल पिस नेपाल २०२१ रीचा बुढा क्षेत्री ले टाईटाल अवार्ड हात पारेका छन् ।
निणार्यकको भुमिकामा नेशनल फेशन डिजाईनर मिस दुर्गा थापा, इन्टरनेशनल मेकअप आर्टिस्ट मिस सुमी श्रीष गिरी, नेशनल डाइरेक्टर फर इन्टरनेशनल ब्युटीपेजेन्ट मिष्टर नवराज देउवा रहेका थिए ।
युवा, युवतीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २० भन्दा बढी प्रतिस्पर्धीले भाग लिएका मध्य बिभिन्न चरणहरु पार गर्दै, १० जना प्रतिस्प्रधीहरु फाईनलमा पुगेका थिए । छनोट चरण पार गरेका प्रतियोगीहरुले २० दिनसम्म व्यक्तित्व विकास, उद्घोषण कला, र्याम वार्क लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको प्रशिक्षण पाएका थियो । कला संस्कृतीको जर्गेना तथा विभिन्न क्षेत्रका बालबालीका, युवा युवतीहरुको अन्तरनिहीत प्रतिभालाई विश्व सामु प्रस्तुत तथा मोडलिङ क्षेत्रमा स्थापित गराउने यो प्रतियोगिताको उद्देश्य रहेको मेजेष्टिक ग्रुपका सि.इं.ओ. मन्जेश गिरीले बताए ।
उक्त प्रतियोगिताबाट अल्टिटुड वोल्ड सुपरमोडल नेपाल ग्रेण्ड विजेताले पचार हजार, अल्टिटुड वोल्ड सुपरमोडल ईन्टरनेशनल नेपाल २०२१ बिजेताले पैतिस हजार र अल्टिटुड वोल्ड सुपरमोडल एम्बेस्सडर नेपाल २०२१ बिजेताले पच्चीस हजार बराबरको शैक्षिक छात्रावृत्ती पाएका छन् ।
सव टाईटलहरुः
मोष्ट डिसिपिलिन – सोनिया थापा मगर
बेष्ट फोटोजेनिक – जस्मिन खाँन
बेष्ट स्टेज प्रर्फमर – दर्शन क्षेत्री
बेष्ट प्रसनालिटी – एलिना थापा क्षेत्री
मोष्ट क्रियाटिभ – हन्नह नेपाली
मोष्ट मल्टिमिडिया – सागर बोहोरा
मोष्ट कन्फिडेन्ट – एलिना न्यौपाने
मोष्ट ट्यालेन्ट – जस्मिन खाँन
बेष्ट वाल्क – सपना मल्ल
मोष्ट चारमिङ्ग – रीचा बुढा क्षेत्री
No comments:
Post a Comment