सम्पन्न भयाे किड्स एण्ड टिन सुपरमोडल नेपाल २०२२ प्रतियाेगिता - DoroNepal

Breaking

Sunday, January 23, 2022

सम्पन्न भयाे किड्स एण्ड टिन सुपरमोडल नेपाल २०२२ प्रतियाेगिता

नेपालगंज । मेजेष्टीक ग्रुपको आयोजनामा किड्स एण्ड टिन सुपरमोडल नेपाल २०२२ कार्यक्रमको फाईनल प्रतियोगिता सि.एस.टि होटल एण्ड पार्टी प्यालेस, नेपालगंजमा सम्पन्न भएको छ ।
प्रतियोगिताबाट मिष्टर जुनियर सुपरमोडल नेपाल सजल शर्मा, मिस जुनियर सुपरमोडल नेपाल हिमानी सिंह ठकुरी, मिष्टर टिन सुपरमोडल नेपाल जितेन्द्र मिश्रा, मिस टिन सुपरमोडल नेपाल अथिना पुन मगर, मिष्टर जुनियर सुपरमोडल अ‍ेम्बेस्डर नेपाल निशान कसेरा, मिस जुनियर सुपरमोडल अ‍ेम्बेस्डर नेपाल रञ्जुला ठकुरी, मिस जुनियर सुपरमोडल नेपाल रनरअप सेद्रीना शाहि, मिष्टर टिन सुपरमोडल अ‍ेम्बेस्डर नेपाल प्रिन्स गुप्ता, मिस टिन सुपरमोडल अ‍ेम्बेस्डर नेपाल तुल्सी चपाई, मिष्टर टिन सुपरमोडल नेपाल रनरअप सुनिल चौधरी, मिस टिन सुपरमोडल नेपाल रनरअप भावाना चौधरी, अर्गनाईजर च्वाईस करुण गुरुङ्गले  टाईटाल अवार्ड हात पारेका छन् । 

निणार्यकको भुमिकामा मिष्टर मोडल अफ नेपालगंज मिष्टर अरमान सिद्धिकिई, फेशन डिजाईनर दुर्गा थापा, मोडल सोफिया रोका रहेका थिए भने प्रमुख अथितिमा यस प्रतियोगितामा फाउण्डर मिष्टर अमित बाबु कुँवरले गर्नु भएको थियो ।

युवा, युवतीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २५ भन्दा बढी प्रतिस्पर्धीले भाग लिएका मध्य बिभिन्न चरणहरु पार गर्दै, १२ जना प्रतिस्प्रधीहरु फाईनलमा पुगेका थिए । छनोट चरण पार गरेका प्रतियोगीहरुले करिब २५ दिनसम्म व्यक्तित्व विकास, उद्घोषण कला, र्याम वार्क लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको प्रशिक्षण पाएका थियो । कला संस्कृतीको जर्गेना तथा विभिन्न क्षेत्रका बालबालीका, युवा युवतीहरुको अन्तरनिहीत प्रतिभालाई विश्व सामु प्रस्तुत तथा मोडलिङ क्षेत्रमा स्थापित गराउने यो प्रतियोगिताको उद्देश्य रहेको मेजेष्टिक ग्रुपका सि.इं.ओ. मन्जेश गिरीले बताए । 

उक्त प्रतियोगिताका बिजेताहरुलाई यस संस्थासँग एक बर्ष मोडलिङ्ग सम्झौता र शारदा एजुकेशन पार्क इन्टरनेशनलबाट ३५ हजार बराबरको शैक्षिक छात्रावृत्ती पाएका छन् ।

No comments:

Post a Comment