मोडल अफ नेपालगन्ज २०२१ को उपाधी अनुलाई - DoroNepal

Breaking

Monday, February 15, 2021

मोडल अफ नेपालगन्ज २०२१ को उपाधी अनुलाई


नेपालगन्ज : मेजेष्टिक ग्रुपको आयोजनामा  मोडल अफ नेपालगन्ज २०२१ को फाइनल नेपालगन्जमा सम्पन्न भएकाे छ । ८ जना प्रतिस्प्रर्धिीहरुको सहभागितामा रहेको उक्त कार्यक्रममा (ग्रान्ड विनर टाइटल) नेपालगन्जकी अनु केसिले जित्न सफल भएकी छिन् ।

त्यस्तै यता  (मिस्टर मोडेल अफ नेपालगन्ज २०२१) अर्जुन आर्या र (मिस मोडेल अफ नेपालगन्ज २०२१) दिपा पाण्डे हुन सफल भए भने (फस्ट रनरअप) अर्मान सिद्द्गी , (सेकेन्ड रनरअप) इशा घिमिरे , (अर्गनाइजर च्वाइस) इम्तियाज सिद्द्गी , (भिवर्स च्वाइस) अमिशा चौरासिया,(मोडेल अफ एम्बेस्डर नेपालगन्ज) अनिल खटिक हुन सफल भएका छन्।

रबि रानाले संचालन गरेको कार्यक्रममा समीर न्यौपाने ( मिस्टर टिन ग्लाम हेरिटेज ईन्टरनेशनल २०१९ ) करुणा अवस्थी ( मिस मोडेल अफ फारवएस्ट नेपाल २०२१ ) दुर्गा थापा (ड्रेस डिजाइनर) निर्णायक मण्डलमा रहेका थिए ।

नेपालगन्जका सतिस सहानीले आयोजना गरेको उक्त कार्यक्रमलाई आकृति जोशीले कोरियोग्राफ गरेकी हुन्न। कार्यक्रम नेपालगन्ज उपमाहानगरपालिका वडा न १२ का अध्यक्ष बुद्धि सागर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम अफुले सोचे जस्तो सब्य र भब्य भएकोमा खुसी ब्यक्त गर्दै नेपालगन्जले दियको मायाले आफू निकै नै खुशी रहेको र नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने म्याजेस्टिक ग्रुपका संस्थापक मन्जेस गिरिले बताए ।

No comments:

Post a Comment