मनिषकाे साैन्दर्य प्रतियाेगिताप्रतीकाे दृष्टीकोण - DoroNepal

Breaking

Sunday, February 14, 2021

मनिषकाे साैन्दर्य प्रतियाेगिताप्रतीकाे दृष्टीकोण


बुटवलमा हुने व्युटी पेजेन्टरहरुमा मनिष एक परिचित नाम हो । बुटवलमा जन्मिएका एक मेहनेती र लगनशिल व्यत्तित्व मनिष पाण्डेले एक वर्ष अघि मात्र बुटवलमा आयोजना भएको मिस्टर एण्ड मिस ग्लोवल नेपाल भव्य र सभ्य रुपमा सफता पूर्वक सम्पन्न गरेका थिए । पछिल्लो समय द इभेन्टर प्रा.लि. ले गर्न लागेको मिस्टर एण्ड मिस ग्लोवल नेपाल सिजन २ को आयोजनामा ब्यस्त छन् ।  विभिन्न संघ संस्थामा अवद्ध रही सामाजिक कार्यमा समेत अग्रसर रहने मनिष पाण्डे सँग अप्टिकल खबर डट कम का लागि बसन्त चन्दसँग गरेको कुराकनीको सम्पादित अंश ।

तपाईको यो क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

हरेक वर्ष रुपन्देहीमा विभिन्न प्रतियोगिताहरु हुने गर्दछन् । र सबैले राम्रो पनि गरि रहेका छन् । समाज भित्र लुकेर रहेको प्रतिभालाई बाहिर देखाउने मौका पाएका छन् । मैले पनि यस क्षेत्रमा केही गर्न सक्छु भन्ने  लाग्यो र २०७६ सालमा मिष्टर एण्ड मिस ग्लोवल नेपालको आयोजना गरियो । म मोडलिङ गर्न मन पर्ने भएकोले पनि होला यस क्षेत्रमा प्रवेश गर्नु परेको ।

पछिल्लो पटक सौन्र्दय प्रतियोगिताहरु धेरै भईरहेका छन् यसमा यहाँको विचार कस्तो छ ?

यस प्रकारकारका प्रतियोगिताहरु भईरहँदा यसले दिएको सकरात्मक सन्देश के कस्तो रहेको छ भन्ने विषयमा जानकारी लिन जरुरी छ । मेरो विचारमा सौन्र्दय प्रतियोगिताहरु हुनुपर्दछ । तर किन र के उद्देश्यको लागि प्रतियोगिताहरु हुनपर्छ  भन्ने विषयमा सोच्न जरुरी छ ।

प्रतियोगितामा सहि निर्णय नुहने, पैसाको चलखेल हुने जस्ता अरोप पनि सुनिन्छ ?

कुनै पनि आयोजकले व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गर्ने हुँदा सबैले फाईदा खोजिरहेका हुन्छन् । त्यस कार्यक्रमले दिने अबसर र त्यस को योजना हरेर प्रतियोगितामा हिस्सा लिएको भए यो कुरा झुठो हुनेछ । अनि अभिभावक ठगिने छैनन् ।

यस प्रकारका प्रतियोगिताले समाजमा के कस्तो सन्देश दिइरहेका छन् ?

सबै प्रतियोगिताहरुले केही न केही सकरात्मक सन्देश दिन खोजीरहेका हुन्छन् । तर सहभागि र त्यस बाट उत्पादन भएकाहरुले के कस्तो सन्देश दिइरहेकाछन् हेर्न जरुरीछ । तर पेशा गर्छु भन्नेहरुले समाज प्रति जिम्मेवारी दिएका हुन्छन् ।

तपाई जस्ता युवाहरुले भविष्य के कस्तो देख्नुभएको छ ?

आफ्नो भविष्य कस्ले देखेको हुन्छ र तर मेहनत गरेको खण्डमा यस क्षेत्रमा पनि उज्जवल भविष्य देख्छु ।

यो प्रतियोगिताको उद्देश्य र यसको बारेमा जानकारी गराईदिनु ?

कला संस्कृ्तिको सम्वद्धन तथा प्रवद्धन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले युवाहरुमा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न र युवा युवतिहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने गराउने उद्देश्य सहित हामीले कार्यक्रम आयोजना गरेका होँ । 

यो क्षेत्रमा लाग्न चाहाने युवा युवतिहरुलाई के सन्देश दिन चाहानुहुन्छ ?

आउनुहोस यस क्षेत्रमा लागैं मिलेर जाऔँ हाम्रै समाज भित्र रहेका नव प्रतिभालाई प्रोत्साहन गरौँ । हामी जस्ता युवा नकरात्मक र फरक काम तथा क्रियकलापमा लाग्नु भएन । मानिस जुनसुकै फिल्डमा लागिरहे पनि त्यसलाई निरन्तरता दिनु पर्छ । युवाहरु झन यस क्षेत्रमा लाग्न चाहान्छन भने उनिहरुले आफुलाई धैर्उ गर्न सिक्नुपर्छ किनकी धैर्यताले मानिसलाई अघि बढ्न सहयोग गर्छ ।


No comments:

Post a Comment