रुपन्देहीमा जेठ १३ गतेसम्म लम्बियो निशेधाज्ञा,पालना नगरे कडा कारबाही ! - DoroNepal

Breaking

Wednesday, May 12, 2021

रुपन्देहीमा जेठ १३ गतेसम्म लम्बियो निशेधाज्ञा,पालना नगरे कडा कारबाही !


बुटवल, बैसाख २९- रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ १३ गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो।

सोहि सिफारिसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ १३ गते बिहान ६ बजे सम्म निशेधाज्ञाको अवधि बढाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

यसअघि रुपन्देहीमा बैसाख १६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय थियो ।

यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी जनक थापाले नागरिक अनलाइनलाई जानकारी दिए ।

अति आवश्यकीय  सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने प्रशासनले जनाएको छ ।

 - नागरिक अनलाइन




No comments:

Post a Comment