जुनियर एण्ड टिन ग्लाम २०२१ को प्रथम अडिसन सम्पन्न - DoroNepal

Breaking

Monday, March 8, 2021

जुनियर एण्ड टिन ग्लाम २०२१ को प्रथम अडिसन सम्पन्न


बुटवल । मेजेष्टीक गु्रपको आयोजनामा जुनियर एण्ड टिन ग्लाम २०२१ कार्यक्रमको प्रथम अडिसन एभरेष्ट ईङ्गलिस बोडिङ्ग स्कुल बुटवलमा सम्पनन भएको छ । अरिब १०० जना प्रतिस्प्रधीहरुबाट ३८ जनाले दोस्रो राउण्डमा प्रवेश गरेका छन् । अडिसमा शिवु पाण्डे र अनुज रासकोटी मगर निणर्यकको भुमिका निवार्ह गरेका थिए ।

कला संस्कृ्तिको सम्वर्द्दन तथा प्रवर्द्दन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न र यस क्षेत्रका बालबालिका, युवा तथा युवतीलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई सबैको सामु ल्याउने र मोडलिङ क्षेत्रमा स्थापित गराउने उक्त कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजक टिम विभिन्न स्थान हरुमा अडिसनको तयारी गरिरहेको यस कार्यक्रमका व्यवस्थापक मन्जेश गिरीले जानकारी दिए ।


No comments:

Post a Comment