मोडल अफ तिलोत्तमा सिजन २ हुँदै - DoroNepal

Breaking

Monday, March 8, 2021

मोडल अफ तिलोत्तमा सिजन २ हुँदै


बुटवल । द डाईनामीक फेसन स्टाईलको आयोजनामा मोडल अफ तिलोत्तमा सिजन २ कार्यक्रम सञ्चालनमा हुन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ । सहभागितालाई भने चैत्र १० गते शनिबार प्रथम अडिसनको व्यवस्था मिलाएको आयोजक टिमका अध्यक्ष सौरभ रेग्मीेले बताए ।  कार्यक्रमको पहिलो अडिशन होटल मिरर इन, बुटवलमा हुनेछ ।उक्त कार्यक्रमको कोरियोग्राफर युकेश मान ज्ञवालीले गर्ने छन्  भने कार्यक्रमलाई श्रेयन आचार्यले निर्देशन गर्ने छन् । 

दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको द डाईनामिक फेसन स्टाईलले यो कार्यक्रम पनि सफल हुने बताएको छ । १ वर्ष अगाडि सम्पन्न भएको मोडल अफ तिलोत्तमा २०१९ सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको हो ।

No comments:

Post a Comment