ब्रोन टु होप र रोलर्सले जित्यो बास्केट बल टुर्नामेन्ट - DoroNepal

Breaking

Friday, March 26, 2021

ब्रोन टु होप र रोलर्सले जित्यो बास्केट बल टुर्नामेन्ट


 बुटवल, थ्रि एक्स थ्रि बास्केट बल प्रतियोगताको उपाधि पुरुष तर्फ ब्रोन टु होप रुपन्देहीले र महिला तर्फ रोलर्स ले जितेको छ । बेष्ट टर्न बास्केट बल टिमको आयोजना तथा आर बि. ए. को सह आयोजनामा थ्रि एक्स थ्रि बास्केट बल टुर्नामेन्ट सञ्चालन भएको थियो । उक्त प्रतियोगिता ९ गते देखि ११ गते सम्म  तिलोत्तमा बेदिबिलामा समापन गरिएको छ । फाईनलमा प्रवेश गरेका ब्रोन टु होप भर्सेस आर एफ ए दाङ बिच फाईनल प्रतिस्प्रधा भएको थियो । ब्रोन टु होपले २१ अंक प्राप्त गर्दै उपाधि जितेको छ । भने आर एफ ए दाङले ८ अंक प्रप्त गर्दै दोस्रो भएको छ । त्यस्तै महिला तर्फ फाईनलमा प्रवेश गरेका रोलर्स भर्सेस होराईजन (बि) बिच फाईनल प्रतिस्प्रधा भएको थिए । रोलर्सले १० अंक प्राप्त गर्दै उपाधि जितेको छ । भने होराईजन (बि) ले ९ अंक प्राप्त गर्दै दोस्रो भएका छ ।  पुरुष तर्फ एम भि. पि बाट ब्रोन टु होपका बिक्रम डंगोल, महिला तर्फ एम भि. पि बाट रोलर्सकी तनुजा गुरुङ्ग, बोईज राईजिङ्ग प्लेयर्सबाट लेभीका आयुष कुँवर, गर्लस् राईजिङ्ग प्लेयर्सबाट होराईजन (बि) की इच्छा कार्की र थ्रि प्वईन्ट कोन्टेस्टबाट ब्रोन टु होपका समिर गुरुङ्ग टाईटल उपाधी जितेका थिए । उक्त प्रतियोगितामा पुरुष तर्फ २० टिम तथा महिला तर्फ ५ टिम सहभागि  भएका थिए ।

No comments:

Post a Comment