जुनियर एण्ड टिन ग्लाम लुम्बिनी नेपाल २०२१ प्रतियोगिता सम्पन्न - DoroNepal

Breaking

Wednesday, April 7, 2021

जुनियर एण्ड टिन ग्लाम लुम्बिनी नेपाल २०२१ प्रतियोगिता सम्पन्न


बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा जुनियर एण्ड टिन ग्लाम लुम्बिनी नेपाल २०२१ कार्यक्रमको फाईनल प्रतियोगिता बिग चियर रिसोर्ट तिलोत्तमामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

प्रतियोगिताबाट मिस जुनियर ग्लाम लुम्बिनी एशिया नेपालमा आस्मा रिजाल, मिस जुनियर ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा द्रिक्षा बज्राचार्य, मिस जुनियर ग्लाम लुम्बिनी नेपालमा स्वकृती बस्याल, मिष्टर जुनियर ग्लाम लुम्बिनी नेपालमा आयुष रिजाल,  मिष्टर जुनियर ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा टोक्सील खड्का, , मिस प्रि टिन ग्लाम लुम्बिनी एशिया नेपालमा आयुषा राना, , मिस प्रि टिन ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा सुहानी गुरुङ्ग, मिस प्रि टिन ग्लाम लुम्बिनी नेपालमा बर्षा थापा, मिष्टर प्रि टिन ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा कृष्चल ज्ञवाली, मिष्टर प्रि टिन ग्लाम लुम्बिनी नेपालमा दर्शन राना, मिस टिन ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा आयुषा भट्टराई, मिस टिन ग्लाम लुम्बिनी नेपालमा सिम्रन बस्याल, मिष्टर टिन ग्लाम लुम्बिनी ईन्टरनेश्नल नेपालमा रमन आले, मिष्टर टिन ग्लाम नेपालमा अपीत खड्का ले टाईटाल अवार्ड हात पारेका छन् । 

निणार्यकको भुमिकामा मिष्टर टिन ग्लाम हेरिटी ईन्टरनेश्नलका बिजेता समिर न्यौपने, मोडल अफ फारवयष्ट नेपालका विजेता करुणा अवस्ती र अमित बाबु कुँवर रहेका थिए ।

बालबालिका तथा युवा, युवतीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ३० भन्दा बढी प्रतिस्पर्धीले भागलिएका मध्य बिभिन्न चरणहरु पार गर्दै, १४ जना प्रतिस्प्रधीहरु फाईनलमा पुगेका थिए । छनोट चरण पार गरेका प्रतियोगीहरुले २५ दिनसम्म व्यक्तित्व विकास, उद्घोषण कला, र्याम वार्क लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको प्रशिक्षण पाएका थियो । कला संस्कृतीको जर्गेना तथा विभिन्न क्षेत्रका बालबालीका, युवा युवतीहरुको अन्तरनिहीत प्रतिभालाई विश्व सामु प्रस्तुत तथा मोडलिङ क्षेत्रमा स्थापित गराउने यो प्रतियोगिताको उद्देश्य रहेको मेजेष्टिक ग्रुपका सि.इं.ओ. मन्जेश गिरीले बताए । 

उक्त प्रतियोगिताबाट ईन्टरनेश्नल अवार्ड पाउन जुनियर बाट २ जना र टिन बाट २ जनालाई भेतनाममा हुन गईरहेको अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन् ।


No comments:

Post a Comment